Logo

स्वास्थ्य

संसदीय समितिले भन्यो : विद्यालय बन्द गर्नू 



राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले कोरोना जोखिम कम गर्न तत्काल विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबारको बैठकले विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भैसक्दा पनि अहिलेसम्म विद्यालय बन्द नहुँदा जोखिम बढेको निष्कर्ष निकालेको हो ।

समितिले शिक्षण सिकाइका वैकल्पिक माध्यममार्फत पठनपाठन गर्न गराउन पनि निर्देशन दिएको छ । बैठकमा समिति सदस्यहरुले राजधानीका विद्यालयमा कोरोना संक्रमण पुष्टि हुँदा पनि विद्यालय संचालन गरेर जोखिम बढाइएको उल्लेख गरे ।

त्यस्तै, कोभिड–१९ संक्रमणको अवस्था भयावह स्थितिमा रहेकाले नेपालले स्वास्थ्य सजगता अपनाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार १६:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।