भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको गए रात मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुष, बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिला र नारायण नगरपालिका–१ दैलेख निवासी ६८ वर्षीया महिलाको मृत्यु भएको हो ।




















प्रतिक्रिया