काठमाडौं महानगर क्षेत्रका क्रियाशील शिक्षकहरुको पेसागत संघ संगठनले विद्यालय तहका सबै परीक्षा वैशाखभित्रै गरिसक्न काठमाडौँ महानगरको ध्यानाकर्षण गराएका छन् । पेशागत संघ संगठनले आज एक संयुक्त विज्ञप्ति जारी गरी जेठको पहिलो हप्ता सञ्चालन गर्ने भनिएको विद्यालय तहको वार्षिक परीक्षा वैशाखको दोस्रो साताबाट सञ्चालन गर्ने व्यवस्था मिलाउन महानगरपालिकालाई ध्यानार्कषण गराएका हुन् ।
विद्यार्थीको शैक्षिक वर्ष खेर जान नदिनका विद्यालय तहको परीक्षा आगामी दोस्रो सातबाटै सञ्चालन गर्ने व्यवस्था मिलाउनका लागि तत्काल विद्यालयहरुलाई निर्देशन गर्नुपर्ने उनीहरुले माग गरे । समयमै परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गर्ने र नतिजा प्रकाशन पश्चात संक्रमणको अवस्था विद्यमान रहिरहे वैकल्पिक विधिबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सञ्चालनका लागि विद्यालयलाइ निर्देशन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
वैकल्पिक विधिबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा विद्यार्थीहरूलाई सहज तवरबाट इन्टरनेटको सुविधा प्राप्त गर्नका लागि प्रबन्ध मिलाई दिन पनि संगठनले अपिल गरेको छ ।




















प्रतिक्रिया