Logo

समाचार

नेपालमा कोरोना संक्रमण बढ्दो, २४ घण्टामा ३९३ जनामा संक्रमण पुष्टि



नेपालमा आज वितेको २४ घण्टामा ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार

मुलुकभरका विभिन्न प्रयोगशालामा ९ हजार ३ सय २९ जनाको नमूना परीक्षण गर्दा ३ सय ९३ जना संक्रमित थप भएको जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ७ सय ९४ जनाको पीसीआर परीक्षण गदा ३ सय ५५ र १ हजार ५ सय ३५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै वितेको २४ घन्टामा २ सय ६३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने मृत्यु ३ जनाकाे मृत्यु भएकाे छ ।

नेपालमा हाल ५ हजार ९४ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा ३ लाख १६ हजार ७ सय ७४ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन‍् ।

प्रकाशित मिति : २० पुष २०७८, मंगलवार १५:४९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।