Logo

खेलकुद

अस्ट्रेलियाद्वारा जोकोभिचको भिसा रद्द



अस्ट्रेलियाले विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द गरिदिएको छ । अस्ट्रेलियन ओपनका लागि मेलबोर्न पुगेका जोकोभिचले कोभिड–१९ विरुद्धको खोप लगाए वा  नलगाएको खुलस्त नभएपछि भिसा रद्द गरिएको हो ।

यसअघि उनलाई लामो समय एयरपोर्टमा राखिएको थियो । सर्वियन खेलाडीले गत वर्ष खोपको विरोध गरेपछि उनले खोप लगाएको वा नलागएको पुष्टि हुन सकेको छैन। 

भिसा रद्द भएसँगै उनलाई फिर्ता पठाउने अस्ट्रेलियन सीमा बलले जनाएकाे छ । सर्वियन टेनिस स्टार २१औँ ग्रान्डस्लाम जित्दै कीर्तिमान बनाउने लक्ष्यसहित मेलबर्न विमानस्थल पुगेका हुन् ।

अस्ट्रेलियन ओपन सुरू हुन ११ दिनमात्रै बाँकी रहँदा कोभिड-१९ विरुद्धको खोप लगाए/नलगाएको खुलस्त पार्न जोकोभिचसामु चुनौति छ ।

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार १४:२३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।