Logo

खेलकुद

मड्रिडका डिफेन्डर ट्रिपियर न्युक्यासलमा



एथ्लेटिको मड्रिडका डिफेन्डर केइरन ट्रिपियर इङ्लिस क्लब न्युक्यासल भित्रिएका छन् । अक्टोबरमा साउदी अरेबियाका धनाड्यले न्युक्यासलको स्वामित्व लिएपछि क्लबले पहिलो पटक इङ्ल्यान्डका ३१ वर्षीय ट्रिपियरलाई भित्र्याएको हो । 

‘म न्युक्यासलजस्तो उत्कृष्ट क्लबमा सहभागी हुन पाउँदा निकै खुसी छु । एथ्लेटिकोमा मैले आफ्नो समय निकै रमाइलोसाथ बिताए,’ इङ्ल्यान्डका रक्षकसमेत रहेका उनले भने ।

ट्रिपियर र न्युक्यासलबीच दुई वर्ष ६ महिनाको सम्झौता भएको हो ।

टोटनहमका पूर्वखेलाडी ट्रिपियरले एथ्लेटिको मड्रिडबाट पछिल्लो सिजनको ला लिगा जितेका थिए । यस्तै उनले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट ३५ खेल खेलेका छन् ।

प्रकाशित मिति : २३ पुष २०७८, शुक्रबार १७:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।