Logo

खेलकुद

च्यासल युथ क्लबका दुई खेलाडीलाई कोरोना



सहिद स्मारक ए डिभिजनल क्लब च्यासल युथ क्लबका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको छ । 

गत साता पोखरामा मनाङ मर्स्याङ्दीसँग खेलेर काठमाडौं फर्किएका दुई खेलाडीमा कोरोना देखिएको टोलीका सहायक प्रशिक्षण आशिख थापा मगरले जानकारी गराए । उनका अनुसार गोलरक्षक प्रदीप भण्डारी र डिफेन्डर कमल श्रेष्ठलाई कोरोना देखिएको हो । 

गत हप्ता पोखरा रंगशालामा च्यासल ५-० ले पराजित भएको थियो । त्यसपछि काठमाडौं आएसंगै खेलाडीको टेस्ट लिँदा कोरोना देखिएको मगरले जानकारी गराए । दुवै टोलीको नियमित खेलाडीसमेत हुन् । अब, नवौं चरणमा च्यासलले पुलिससँग खेल्दै छ । 

यता, जावलाखेलसमेत खेलाडी बिरामी हुँदा बिहीवारको बिहानी सत्रमा १४ खेलाडीलाई प्रशिक्षणमा सामेल गराएको थियो । 

मुख्य प्रशिक्षक किशोर केसीले खेलाडीमा रुघाखोकी देखिएकाले गोलकिपरसहित १४ खेलाडीले मात्रै अभ्यास गरेको र केही खेलाडी निको हुने अवस्थामा रहेको बताए । 

प्रकाशित मिति : २९ पुष २०७८, बिहीबार १४:१५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।