Logo

खेलकुद

पीएम कप : पुलिस क्लब र प्रदेश-१ तथा वाग्मती र गण्डकी प्रदेश खेल्दै



काठमाण्डाै – पीएम कप टी–२० राष्ट्रिय क्रिकेटमा आज दुई खेल हुँदैछ ।

पहिलो खेलमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे नेपाल पुलिस क्लब र प्रदेश-१ खेल्ने छन् । यस्तै, दोस्रो खेलमा वाग्मती प्रदेश र गण्डकी प्रदेश खेल्ने छन् ।

खेल कीर्तिपुरमै दिउँसो १ बजे हुनेछ । पीएम कप क्रिकेटमा हिजो आर्मी, पुलिस, एपीएफ र वाग्मती प्रदेश विजयी भएका थिए । त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेश, पुलिस क्लबले कर्णाली प्रदेश, एपीएफले लुम्बिनी र वाग्मतीले प्रदेश-२ लाई हराएको थियो ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार ०९:०२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।