Logo

स्वास्थ्य

स्वास्थ्यका मापदण्ड पालना गर्नु आफ्नै लागि हो’



कोरोनाको जोखिम हुन नदिन र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन प्रहरीले जिल्लामा जनचेतनाका कार्यक्रम शुरुआत गरेको छ । प्रहरीले सदरमुकाम चैनपुरका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिइएको प्रहरी टोलीले चोकचोक र सडकमा  माइकिङ गरेर सचेतना फैलाएको छ । जिल्लामा कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दै गएकाले समयमै जिल्लाबासीलाई सचेत बनाएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए। 

उनले भने “कोरोना कसैलाई सोधेर लाग्दैन । रोग लाग्नुभन्दा लाग्न नदिने उपाय अवलम्बन गर्नु राम्रो हुनेछ । स्वास्थ्यका मापदण्ड पालना गर्नुअरुका लागि हैन आफ्नै लागि हो । ” 

प्रहरीले घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न, स्यानिटाइजर र साबुनपानीले राम्ररी हात धुन, २५ जनाभन्दा बढी भेला नहुन र सामाजिक तथा व्यक्तिगत दूरी कायम गरेर अघि बढ्न, सवारी साधनमा यात्रा गर्ने चालक तथा यात्रुलाई अनिवार्य माक्स लगाउन, कोरोनाको लक्षण देखिने वित्तिकै नजिकैको स्वास्थ्य संस्था, आइसोलेन बेड तथा क्वारेन्टिमा बस्नसमेत आग्रह गरेको छ । 

पछिल्लो समय जिल्ला अस्पतालको प्रयोशालामा तीन दिनमा ११५ जनाको एन्टिजेन्ट बिधिबाट परीक्षण गर्दा २८ जनामा पोजेटिभ देखिएको छ । यसैगरी एक जनाको मृत्यु भइसकेको जिल्ला अस्पताल सिमखेतका कोभिड फोकल पर्सन नारायण जोशीले जानकारी दिए ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार १३:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।