त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूको परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले नोबेल कोरोनाभाइरस (कोभिड-१९) महामारीका कारण परीक्षाहरू सञ्चालन गर्न सक्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो।
समितिले स्नातक र स्नातकोत्तर तहका वार्षिक तथा सेमेस्टर प्रणालीबाट लिइने सबै परीक्षा १४ वैशाखदेखि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले आइतबार भौतिक रूपमा हुने सबै शैक्षिक गतिविधि स्थगित गर्ने निर्णय गरेको थियो।




















प्रतिक्रिया