Logo

स्वास्थ्य

काठमाडौँ उपत्यकामा २४ घण्टामा १९१२ जनामा संक्रमण



पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ लघण्टामा काठमाडौंमा मात्रै १५६७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भक्तपुरमा १२२ र ललितपुरमा २२३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै २४ घण्टामा १९१२ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए । यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा १४९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

त्यसयता २४ घण्टामा थप ४१४ जनामा संक्रमण पुष्टि भएको हो । 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार १७:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।