Logo

स्वास्थ्य

खोटाङमा थप आठ जनालाई कोरोना संक्रमण पुष्टि



खोटाङ, खोटाङमा थप आठ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा-४ जना र खोटेहाङ गाउँपालिकामा-४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बुधबार १४ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनालाई संक्रमण पुष्टि भएको हो । यससँगै नगरपालिकामा सक्रिय संक्रमितको संख्या २४ जना पुगेको छ । 

खोटेहाङ गाउँपालिकामा शंकास्पद आठ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् । जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदैगएको छ । 

संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार १९:०२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।