स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना भाइरस फैलिएको भन्दै भीडभाड नगर्न आग्रह गरेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाइ सजग रहन सबैलाई अपिल गरेको हो ।
काठमाडौका ३ जिल्ला,मोरङ, सनसरी, झापा, पर्सा, बारा, धनुसा, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत ,कैलाली , कन्चनपुरमा कोरोना संक्रमण उच्च दरमा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालको शैया उपलब्ध गराउन नसकिने भइसकेको विज्ञप्तिमा उल्लेख गरेको छ ।





















प्रतिक्रिया