Logo

स्वास्थ्य

लमजुङमा एकैदिन ८५ जनामा कोरोना संक्रमण पुष्टि



लमजुङ, लमजुङमा एकैदिन मंगलबार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ५७ जनामा गरिएको एन्टिजेन परीक्षण गरिएकोमा ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । सबभन्दा बढी मध्य नेपाल नगरपालिकाको २७ जनामा संक्रमण देखिएको छ ।

बेंसीशहर नगरपालिकाको २२ जना, सुन्दरबजार नगरपालिकाको १५ जना, मर्स्याङ्दी गाउँपालिकाको १० जना, दोर्दी गाउँपालिकाको ३ जना र जिल्ला बाहिरको ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा राइनास नगरपालिका, दूधपोखरी गाउँपालिका र वह्वोलासोंथर गाउँपालिकामा भने संक्रमण देखिएको छैन ।

स्वास्थ्य कार्यलयको तथ्याङ्क अनुसार लमजुङमा सक्रिय संक्रमितको संख्या ३ सय ३५ पुगेको छ । हालसम्म तेस्रो लहरमा ४ सय १४ जना संक्रमित भएका छन् । संक्रमित भएका मध्ये ७८ जना कोरोनामुक्त भएका छन् । १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३२ जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति : ११ माघ २०७८, मंगलवार २०:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।