नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ७५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा हालसम्मकै धेरैको संख्यामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पीसीआर परीक्षणमा ८ हजार ६०५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । देशभर २० हजार ७५६ जनाको पीसीआर र ६१६ को एन्टिजेन विधिबाट परीक्षण गरिएको उनले जानकारी दिए ।
थप ५८ जनाको मृत्यु
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ५८ जनाको मृत्यु भएको छ । कोरोनाबाट संक्रमित भएर मृत्यु भएको संख्या हालसम्मकै उच्च थप ५८ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया