Logo

स्वास्थ्य

निषेधाज्ञा उल्लंघन गर्नेविरुद्ध आक्रामक बन्दै प्रहरी, उल्लंघन गर्नेलाई ६ महिना कैद र ३ सय जरिवाना



काठमाडौँ उपत्यकामा निषेधाज्ञा नमान्नेविरुद्ध प्रहरी आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ । निषेधाज्ञा उल्लंघन गर्ने नमान्नेलाई प्रहरीले जरिवाना लिन शुरू गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौँले निषेधाज्ञा नमान्नेलाई संक्रामक रोग ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा १ सय रुपैयाँ जरिवाना लिन थालेको हो ।

वैशाख २१ र २२ मा महानगरीय प्रहरी परिसर ललितपुरले ८४ जनालाई जरिवाना गरेको परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । संक्रामक रोग ऐन–२०२० अनुसार स्थानीय प्रशासनलाई ३ सय सम्म जरिवाना र ६ महीना कैद सजाय गर्ने अधिकार छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार १४:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।