Logo

स्वास्थ्य

काठमाडौँ उपत्यकामा थपिए ४१०६ जना संक्रमित



काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ हजार १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालाहरुमा पिसिआर र आरटी  विधिबाट गरिएको परीक्षणका क्रममा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

उपत्यकाका तीन जिल्लामा गरी ४ हजार १०६ संक्रमित थपिएका हुन्। काठमाडौंमा ३ हजार ८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जनामा संक्रमण देखिएको छ । 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार १७:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।