Logo

स्वास्थ्य

स्वास्थ्यकर्मीलाई कोरोना भएपछि स्वास्थ्य चौकी सिल 



जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकी सिल गरिएको छ ।  त्यहा कार्यरत अहेब र कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य चौकी सिल गरिएको हो । 

स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र उपाध्यायका अनुसार शुक्रबारदेखि २ फागुनसम्म स्वास्थ्य चौकी ३ दिनका लागि बन्द गरिएको हो । उनले भने, ‘बर्थिङ सेन्टरबाहेक अरू सबै सेवा बन्द गरिएको छ ।’ 

कोरोना संक्रमणको तेस्रो लहरमा यो पालिकामा २५ जनालाई परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको छ । यसमध्ये अहिले ३ जना मात्रै सक्रिय संक्रमित रहेको इन्चार्ज उपाध्यायले बताए ।
 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार १९:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।