कोरोनाको कारण पछिल्लो समयमा १३९ जनाको मृत्यु भएको डरलाग्दो तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ । यो तथ्यांक पछिल्लो २४ घण्टाको मात्र नभई विभिन्न समयमा मृत्यु भएर तथ्यांक छुटेका पनि भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
पछिल्लो चौबीस घण्टामा भने ७४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ४ हजार ७ जना निको भएका छन् ।




















प्रतिक्रिया