Logo

खेलकुद

सहिद स्मारक ए डिभिजन लिग : एनआरटी र हिमालयनले अंक बाँडे 



काठमाडौं । गोलरहित बराबरी खेल्दै न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले सहिद स्मारक ए डिभिजन लिगमा अंक बाढेका छन् । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा गोलरहित बराबरी खेल्दै दुवै टोलीेले एक एक अंक बाँडेका हुन् । 

खेलमा एनआरटीको तुलनामा शेर्पाले आक्रमणमा दबाब बढाएको थियो । तर फिनिसिङमा भने शेर्पा चुक्न पुग्यो । बराबरीसँगै एनआरटी १० खेलमा १४ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । समान अंक भएपछि गोलअन्तरका आधारमा संकटा तल झर्‍याे । 

ह‍िमालयन शेर्पा समान खेलबाट १२ अंकसहित आठाैं स्थानमा छ । जारी लिगमा १० खेलबाट २६ अंक बनाएको मछिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबभन्दा ६ अंकले अगाडि रहँदै उपाधि नजिक रहेको छ । 

यस्तै रेलिगेसन जोनमा भने च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) छन् । 
 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आईतवार १५:४४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।