Logo

स्वास्थ्य

अक्सिजनको कोटा निर्धारणका कारण नयाँ बिरामी भर्ना गर्न सक्दैँनौ : मेडिसिटी अस्पताल



अक्सिजनको कोटा निर्धारण गर्ने सरकारको निर्णयमा आपत्ति जनाउदै नेपाल मेडिसिटी अस्पतालले कोभिडका नयाँ बिरामी भर्ना नलिने प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ । 

अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै सीसीएमसीले निर्धारण गरेको कोटाले नयाँ बिरामी भर्ना गरेर उपचार गर्न नसकिने जनाएको हो ।

सीसीएमसीले अक्सिजनको वितरण प्रभावकारी बनाउन मेडीसीटी अस्पताललाई दैनिक १ सय अक्सिजन सिलिण्डर कोटा निर्धारण गरेको थियो ।

प्रत्येक दिन ४ सय पचास देखि ५ सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट १ सय सिलिण्डरमात्र प्राप्त हुने जानकारी प्राप्त भएकाले अस्पतालले आपत्ती जनाएको छ ।

१०० थान सिलिण्डरले कुनै पनि हालतमा उपचार गर्न सम्भव नहुने भएकाले कोभिड १९ संक्रमणका जटिल स्थितीका बिरामीहरुको नयाँ भर्ना लिन अस्पताल असमर्थ रहेका जानकारी दिएको छ।

184344131_1495973940755289_6530751683485816470_n.png

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलवार १६:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।