Logo

खेलकुद

आयरल्यान्डविरुद्ध टस जितेर नेपाल फिल्डिङमा 



काठमाडौं । चार देशीय टी–२० शृंखलाको अन्तिम खेलमा अहिले नेपाल र आयरल्यान्ड प्रतिस्पर्धा गर्दै छन् । ओमानको अल अमेरात क्रिकेट मैदानमा आयरल्यान्डविरुद्ध नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर सुरुआती फिल्डिङ गर्ने निर्णय गरेका छन् । 

यससँगै आयरल्यान्डले ब्याटिङ सुरु गरेको छ । यस खेलसँगै चारदेशीय शृंखलाको विजेता टुंगो लाग्नेछ । संयुक्त अरब इमिरेट्स (यूएई) ३ खेलबाट ४ अंकसहित शीर्षस्थानमा छ । यस्तै, आयरल्यान्ड, ओमान र नेपालको समान दुई अंक रहेको छ । 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार १६:३५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।