Logo

स्वास्थ्य

आगामी तीन हप्ता मुलुकका लागि अत्यन्तै कठीन :डा. पाण्डे



जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने बताएका छन् । उनले दुःख सहेर भएपनि आगामी तीन हप्ता घरभित्रै रहन र भेटघाट बन्द गर्न आग्रह गरेका छन ।

सामाजिक सञ्जालमा उनले भनेका छन –‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ । दुःख सहेरै भएपनि यो तीन हप्ता घरभित्र नै बसौँ । जीवनको तुलनामा दुःख सानो हो । सकभर खाद्यान्न दैनिक किन्ने नगरौँ ।’

डा.पाण्डेले ३ हप्ता पछि संक्रमणको दर विस्तारै घट्दै जाने पनि बताएका छन् । उनले पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित भएकाले बाहिर निस्कनै परेको अवस्थामा डबल मास्क लगाएर मात्रै निस्किन आग्रह गरे ।

उनले ६ फिटभन्दा धेरै दुरी कायम गर्न र साबुन पानी र स्यानिटाइजरले निरन्तर हात सफा गन उनले आग्रह गरेका छन । 

dr rabindra pandey.PNG

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलवार २०:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।