बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आईसीयु र एचडीयू बेड कुर्दाकुदै ५ जनाको मृत्यु भएको छ । रातभरमा ६ जनाको मृत्यु भएकोमा ५ जना अस्पतालको इमरजेन्सी वार्डमा बसेर आईसीयू र एचडीयू बेड कुर्दाकुर्दै मृत्यु भएको हो । एकजनाको भने प्रादेशिक अस्पतालबाट कोरोना विशेष अस्पतालको एचडीयू बेडमा पुर्याएलगत्तै मृत्यु भएको थियो ।
मृत्यु हुनेहरुमा तानसेन १४ का ३८ वर्षीय पुरुष, सैनामैना ७ रुपन्देहीका ३५ वर्षीय पुरुष, बुटवल ११ का ५२ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो । त्यस्तै, तिलोत्तमा ६ की ७० वर्षीया महिला, तिलोत्तमा १ की ५७ वर्षीय पुरुषको पनि मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।
मंगलबार नै सिकिस्त अवस्थामा इमरजेन्सीमा ल्याइएका बुटवल ६ का ४४ वर्षीय पुरुषलाई थप उपचारका लागि कोरोना विशेष अस्पतालको एचडीयू बेडमा पुर्याए लगत्तै मंगरबार राती ७ बजे मृत्यु भएको उनले बताए ।
डा. गौतमका अनुसार मृतकहरु मध्य ५ जनाले कोरोना विशेष अस्पतालमा आईसीयू र एडीयू बेड कुरेर इमरजेन्सी वार्डमा बसिरहेका थिए ।




















प्रतिक्रिया