Logo

स्वास्थ्य

स्वास्थ्य सामाग्री आयातको सिमा बढ्दा प्रिक्रियामा सहजता 



नेपाल राष्ट्र बैंकले अक्सिजन सिलिन्डर आयात गर्न डलर सटहीमा लाग्ने सीमा हटाएको छ । 

राष्ट्र बैंकले कोरोना महामारीको त्रास बढ्दै गएको र अक्सिजनको समेत अभाव देखिएको भन्दै अक्सिजनजन्य स्वास्थ्य सम्बन्धी महत्वपूर्ण सामग्री आयात गर्न डलर सटहीमा लाग्ने सीमा हटाएको हो ।

अक्सिजन सिलिन्डर, अक्सिजन कनेक्टर, अक्सिजन ट्याङ्स, अक्सिजन जेनेरेटर्स, अक्सिजन उत्पादन प्लान्ट, डेलिभरी उपकरण, अन्य अक्सिजन सम्बन्धित सामाग्री तथा भेन्टिलेटर उपकरण ल्याउनु परेमा ड्राफ्ट टीटीको सीमा आउँदो असार मसान्तसम्म अनिवार्य नहुने बैंकले जनाएको छ ।

स्वास्थ्य सेवा विभागको सिफारिसमा गरिने कोभिड–१९ सँग सम्बन्धित औषधिजन्य सामाग्रीहरु तथा स्वास्थ्य उपकरणहरुको आयातको हकमा एउटै बिजकबाट १ लाख डलरसम्म रकमको ड्राफ्ट टीटीको माध्यमबाट भुक्तानी गर्न सकिन्छ । 

609d11c55c407.jpg

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार ०७:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।