Logo

खेलकुद

उदयपुरमा पहिलो पटक शारिरीक सुगठन प्रतियोगिता



उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा मिस्टर उदयपुर शारिरीक सुगठन च्याम्पियन जिल्ला स्तरीय प्रतियोगिता हुने भएको छ । आगामी शनिबार हुन लागेको प्रतियोगिता जिल्लाकै सर्वाधिक धनराशी भएको शारिरीक सुगठन प्रतियोगिता हो ।

इनर्जी फिटनेस क्लब गाईघाटको आयोजनामा हुने प्रतियोगिताका विजेतालाई ५१ हजार, दोश्रोलाई २५ हजार र तेश्रो हुनेलाई १५ हजार नगद सहित पुरस्कृत गर्ने बताइएको छ । 

उदयपुरका चार नगरपालिका र चार गाउँपालिकाका गरी २० जना प्रतियोगीले भाग लिने योजक संस्थाका संयोजक मनोज कटुवालले जानकारी दिए ।

मुख्य प्रायोजक फिनिक्स डिस्टिलरी र रियाबल फुड एण्ड वेभरेज रहेको प्रतियोगिता होटल टाउन हल एण्ड पार्टी प्यालेसमा हुने छ । व्यायाम मात्र नभएर स्वास्थ्य र तन्दुरुस्त रहनको लागि पनि शारीरिक व्यायामको आवश्यकता हुने भएकाले जनचेतना फैलाउन यस्तो प्रतियोगिता सहायक हुने आयोजकहरुको दाबी छ । प्रतियोगीहरुले अनिवार्य रुपमा आफू उदयपुरबासी भएको प्रमाण पेस गर्नु पर्ने प्रावधान राखिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार २१:३१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।