Logo

खेलकुद

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता (फोटो फिचर)



काठमाडौं । ट्वान्टी-२० विश्वकप क्रिकेट छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

ओमानको मस्कटमा भएको खेलमा नेपालले तेस्रो स्थान हात पारेको थियो । शुक्रबार साँझ टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

विश्वकप छनोट खेलको सेमिफाइनलसम्म पुगेको नेपाली टोली बुधबार यूएईसँग पराजित बनेको थियो ।  क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको नेपाली टोली यूएईसँग पराजित भएपछि विश्वकप छनोटको यात्रा टुंगिएको थियो ।

शुक्रबार साँझ नेपाली टोलीका प्रशिक्षक पुबुदु दसानायाकेसहित खेलाडी टोलीलाई अभिनन्दन गर्दै स्वागत गरिएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार २०:२२   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।