Logo

इन्स्योरेन्स

सगरमाथा इन्स्योरेन्सले २० प्रतिशत बोनस सेयर दिने



सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७७ र७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १।०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । फागुन १२ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुनेछ । कम्पनीले अघिल्ला वर्षमा भन्दा यस पटक बढी बोनस दिन लागेको हो । बीमा समितिले नगद लाभांश वितरणमा सबै कम्पनीलाइ रोकेपछि बीमा कम्पनीहरूले यस वर्ष बोनस सेयर मात्र वितरण गर्ने भएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार १२:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।