काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार २ सय ३ जना कोरोना सङ्क्रमित थप भएका छन् भने १९६ जनाको ज्यान गएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार २ सय ८६ जनाको परीक्षण गरिएको थियो । यस अवधिमा ६ हजार ८ सय ९१ जनाले कोरोना जितेर निको भएका छन् ।
हालसम्म देशभर कुल सङ्क्रमितको सङ्ख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । हाल देशभर १ लाख १९ हजार ९ सय ४० जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये १ लाख १ हजार ७७१ जना होम आइसोलेसन, ७ हजार ९ सय ६९ संस्थागत आइसोलेसन, १ हजार ३ सय ३१ आइसियु र ३ सय ७० जना भेन्टिलेटरमा रहेका छन् ।
हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या ५ हजार ४ सय ११ पुगेको छ । उक्त अवधिमा ३ लाख ५२ हजार ३ सय १४ जना सङ्क्रमण मुक्त भएका छन् ।




















प्रतिक्रिया