काठमाडौं । हिमालयन शेर्पा क्लबले पाँचौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । धनगढी रङ्गशालामा आज भएको खेलमा नव जनजागृति युवा क्लब सिमरालाई ४–० ले हराउँदै हिमालयनले विजयी सुरुवात गरेको हो ।
जितसँगै हिमालयन शेर्पा क्वाटर फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेशका लागि शेर्पाले अब आयोजक सुदूरपश्चिम ११ स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल सोमवार धनगढी रङ्गशालामा हुनेछ ।
आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख भने पाउनेछन् । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।




















प्रतिक्रिया