हेटौँडा । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल राष्ट्रिय खेलकुद महासंघ जिल्ला कमिटि मकवानपुरको आयोजनामा आज भएकोे ३ किलो मिटर महिला खुल्ला दौड प्रतियोगिताको उपाधि अमृता मुक्तानलले जितेकी छिन् ।
निर्धारित दूरी १२ मिनेट ४३ सकेण्डमा पार गर्दै अमृता विजेता बनेकी हुन् । उनले ट्रफी, र प्रमाणपत्रको साथमा १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् । प्रतियोगितामा रितिका तिमल्सिना द्धितिय र लक्ष्मी थिङ तृतिय हुनु भएको छ । उनीहरुले क्रमशः १२ मिनेट ५४ सकेण्डमा र १३ मिनेट २३ सकेण्डमा दुरी पार गरेका थिए ।
समानताको लागि दौड भन्ने मुल नाराको साथ आयोजना भएको प्रतियोगितामा द्धितिय र तृतिय हुनेले क्रमसः७ हजार र नगद ४ हजार सहित प्रमाणपत्र, मेडल साथै खेल सामाग्री प्राप्त गरेका छन् ।
हेटौँडा—४ हुप्राचौरको उत्तरगेटबाट शुरु भएकोे दौड सितलमहल चोक,पुर्वीगेट हुँदै पुनःखेलमैदानमा आएर टुंगिएको थियो । खेलका गतिविधिमा महिलाहरु पनि पुरुष सरह भाग लिन सक्छन भन्ने उदेश्यलाई देखाउन नारी दिवसको दिन पारेर प्रतियोगिताको आयोजना गरिएको आयोजकका अध्यक्ष मुक्तानले बताउनु भयो ।
महिलाहरुलाई खेल क्षेत्रमा आकर्षित बनाउने उदेश्यले यस प्रतियोगिता आयोजना गरेको भन्दै बागमती प्रदेशका पुर्व सामाजिक राज्यमन्त्री जुनेली श्रेष्ठले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना दिनु भयो । उहाँले महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुबैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘ परम्पराकै नाममा कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य सबै एक भएर लाग्नुपर्छ ।’ महिला हरेक क्षेत्रमा अब्बल छन् भन्ने सन्देश दिनको लागि यस प्रतियोगितालले महत्वपुर्ण भुमिका निर्वाह गरेको समेत बताउनु भयो । उहाँले महिलामाथि हुने सबै किसिमका विभेद अन्त्यका लागि सबै लाग्नु पर्नेमा समेत जोड दिनु भयो ।
‘‘सामाजिक न्याय र लैगिंक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ यस वर्षको महिला दिवस मनाएको हो ।




















प्रतिक्रिया