Logo

स्वास्थ्य

थप ६५ जनामा कोरोना संक्रमण, १९२ जना निको



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०६ पीसीआर परीक्षणमा ५९ जना र एक हजार ६४१ एन्टीजेन परीक्षणमा ६ जना गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९२ रहेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या चार हजार ९१७ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आईतवार १७:२७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।