Logo

स्वास्थ्य

थप ८ हजार ६ सय जनामा कोरोना पुष्टि, मृतकको संख्या घट्यो



काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६ सय ७  जना कोरोना सङ्क्रमित थप भएका छन् भने १७७ जनाको ज्यान गएको छ । हिजोको तुलनामा मृत्यु हुनेको संख्या १३ जनाले घटेको हो । 

आज जम्मा २३ हजार २ सय २६ जनाको स्वाब परीक्षण गरिएको छ । यस अवधिमा ७ हजार ८ सय ९० जनाले कोरोना जितेर निको भएका छन् ।

नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेहरूको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । जसमध्ये ३ लाख ७४ हजार ८ सय ३६ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर कुल सक्रिय सङ्क्रमितको संख्या १ लाख १६ हजार १ सय ९२ रहेको छ ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार १७:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।