Logo

स्वास्थ्य

अमेरिकामा देखियो सालमोनेला संक्रमणको प्रकोप, कुखुराको सरेको आशंका 



वाशिङ्टन । संयुक्त राज्य अमेरिकामा सालमोनेलाको प्रकोप देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले सालमोनेलाको प्रकोप देखिएपछि कुखुराबाट टाढा रहन आग्रह गरेको छ । 

अमेरिकाका ४३ राज्यमा १६३ जनामा सालमोनेलाको संक्रमण भएको देखिएको सीडीसीले जनाएको छ । जनस्वास्थ्य अधिकारी र सीडीसीले संक्रमणको अवस्थाबारे अनुसन्धान गरिरहेको बताएका छन् । 

सीडीसीका अधिकारीले कुखुरा तथा पक्षीहरुलाई नछुन र नजिक नजान नागरिकलाई आग्रह गरेका छन् । चराहरुले तपाईंको मुखमा संक्रमण गराउनसक्ने भएकोले नजिक नजान आग्रह गरिएको हो । सीडीसीले कुखुरा र हाँसबाट यो संक्रमण फैलिएको हुनसक्ने भन्दै नजिक नजान आग्रह गरेको हो । 

यस संक्रमणका लक्षणहरुमा ज्वरो आउने, पखाला लाग्‍ने, पेट दुख्‍ने र वान्ता हुने हुन्छ । संक्रमण देखिएका केही व्यक्तिहरु अस्पताल नगरे नै निको भएका छन् । तर, संक्रमण बढ्दै जाँदा मृत्युसमेत हुनसक्ने जनाइएको छ । 

सीडीसीका अनुसार हरेक तीन जनामा एकजना पाँच वर्षभन्दा मुनिकाक बालबालिकामा संक्रमण देखिने गरेको छ । यसको उपचारका लागि ३४ जना अस्पताल गएको र हालसम्म कसैको मृत्यु भने नभएको बीबीसीले जनाएको छ । 

राम्रोसँग नपाकेको मासु, अण्डा र अन्य खानेकुरामा पनि यसको ब्याक्टेरिया हुने गरेको जनाइएको छ । यसको संक्रमणबाट हरेक वर्ष १.३५ मिलियनमा संक्रमण हुने गरेको र ४२० जनाको मृत्यु हुने गरेको 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार १६:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।