Logo

स्वास्थ्य

जुम्लामा पुरुषभन्दा आँखाको समस्या महिलामा बढी



जुम्ला । जुम्लामा पुरुषको तुलनामा महिलामा आँखाको समस्या बढी रहेको पाइएको छ । जुम्लामा हिमालयन आँखा अस्पताल खोखराको प्राविधिक सहयोग, सिविएम नेपाल र नेपाल नेत्रज्योति संघको आर्थिक सहयोगमा सञ्चालन गरिएको ३८औं शिविरमा यस्तो समस्या देखिएको हो । 

उक्तशिविरमा आँखाको मोतीबिन्दु सम्बन्धी चेकजाँच गर्नका लागी १३ सय ६० जनाले आएका थिए । जसमध्ये १ सय २१ जनाको शल्यक्रिया गरिएको हिमालयन आँखा अस्पतालका नेत्र अधिकृत गोविन्दनाथ योगीले बताए । 

उनले भने, ‘यो शिविर जेष्ठनागरिकलाई लक्षित गरी राखिएको  हो । उनका अनुसार पुरुषको तुलनामा आँखाको समस्या महिलामा बढी रहेको छ । यस पटकको शल्यक्रियाको तथ्याङ्कमा ५९ जना पुरुष रहेका छन् भने ६२ जना महिला रहेका छन् ।’

  

नेत्र अधिकृत गोविन्दनाथ योगीले विभिन्न अध्ययनपत्रले महिलामा आँखा सम्बन्धी समस्या बढी हुने गरेको पाइएको बताए ।

प्रमुख जिल्ला अधिकारी  विजया कुमारी प्रसाईंले आँखाको स्वास्थ्य सेवा सबै क्षेत्रमा पहुँच बढाउन पहल भएको बताइन् । उनले जुम्लाका सबै पालिकामा आँखा सम्बन्धीको उपचार जरुरी रहेको बताइन् ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार १७:३४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।