Logo

खेलकुद

१२ औं संस्करणको इटहरी गोल्डकप चैत १९ बाट



इलाम । १२ औं संस्करणको इटहरी गोल्डकप आगामी चैत १९ गतेबाट हुने भएको छ ।

आयोजक राष्ट्रिय जागृति क्लबले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत १९ बाट सुरु हुने जनाएको छ  ।

इटहरी रंगशालामा आयोजना हुने प्रतियोगितामा ए डिभिजनका ३ क्लब सहित ८ टोलीको सहभागिता रहनेछ।  प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, न्युरोड टिम (एनआरटी), झापा–११, मोरङ–११ र आयोजक राष्ट्रिय जागृति क्लब सहभागि हुँदैछन् ।

प्रतियोगितामा पाहुना टोलीको रुपमा कञ्चनजंघा एफसी भारत र एभरनिर एफसी क्यामरुनको सहभागिता रहने आयोजक क्लबले जानकारी दिएकाे छ ।

चैत्र २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटी र उदियमान खेलाडीले ४० इन्चको आकर्षक एलईडी टिभी हात पार्ने छ ।

प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद १० हजार र विधागत उत्कृष्टलाई १५ हजार रुपैया प्रदान गरिने आयोजक समितिले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार १५:०३   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।