झापाका रहेको बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले बिएण्डसी हस्पिटलसँग अनावश्यक रुपमा जोडेर लगाएका भ्रामक, कपोकल्पित, असत्य र झुठा अनर्गल आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यकारी निर्देशक दुर्गा प्रसाईंले मंगलबार विज्ञप्ति जारी गरेर त्यस्ता गतिविधिप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै घोर निन्दा र भर्त्सना गरेका छन् ।
कोरोनाभाइरस महामारीका बेला अहोरात्र खटेर नागरिकको जीवनरक्षा गरिरहेका बेला भएका यस्ता तथ्यहिन र कपोकल्पित आरोपमा विश्वास नगर्न उनले सबैमा आग्रह पनि गरेका छन् ।
कोरोनाभाइरस संक्रमितहरु काठमाडौंबाट उपचारका लागि बिएण्डसी पुुगेका बेला सो अस्पातलका सम्बन्धमा डा. गोविन्द केसी र उनका समर्थकले लगाएको आरोपप्रति कुनै सत्यता नरहेको निर्देशक प्रसाईंको दाबी छ ।
अस्पतालको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जोडेर गाली गलौज गरिएको भन्दै उनले आपत्ति पनि जनाएका छन् ।
‘कोभिड १९को महामारीले नेपाल र नेपालीलाई आक्रान्त पारेको यस विकराल अवस्थामा नेपाली जनताको जीवन रक्षामा दिनरात नभनी स्वास्थ्य उपचारमा समर्पित यस संस्था र मुलुकका सम्माननीय प्रधानमन्त्री उपर विदेशी भूमिमा बसेर लगाइएका यस किसिमका भ्रामक, तथ्यहीन, झुठा र निकृष्ठ गालीगलौज तथा आरोप आक्षेपको हामी घोर निन्दा र भर्त्सना गर्दछौंँ’, जारी विज्ञप्तिमा भनिएको छ ।




















प्रतिक्रिया