Logo

विविध

यी हुन् उपत्यकामा आज हुने कार्यक्रमहरू



आज मिति २०७८/१२/३० गते काठमाण्डौं उपत्यकामा हुने कार्यक्रमहरू यस प्रकार छन् ।

१. नेकपा (माओवादी केन्द्र) कागेश्वरी मनोहरा, नगर समितिले भूमि व्यवस्था, सहकारी तथा गरिब निवारण मन्त्री शसी श्रेष्ठको प्रमुख आतिथ्यतामा नव बर्ष २०७९ सालको अवसरमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम गर्ने ।
स्थान :- कागेश्वरी मनोहरा वडा नं. ६ बाबा चोक ।
समय :- ७:०० बजे ।

२. सामुदायिक सेवा केन्द्रले २०७९ सालको उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा क्यालेण्डर वितरण कार्यक्रम गर्ने ।
स्थान :- सामुदायिक कार्यालय टोखा ।
समय :- ७:१५ बजे ।

३. अनेरास्ववियु अमृत क्याम्पस कमिटीले नव-वर्ष २०७९ सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम गर्ने ।
स्थान :- अमृत क्याम्पस, लैनचौर ।
समय :- ७:३० बजे ।

४. एकीकृत ट्रेड यूनियन महासंघ नेपाल (ICTU) बागमती प्रदेशको भेला कार्यक्रम हुने ।
स्थान :- प्रज्ञाभवन कमलादी ।
समय :- १२:३० बजे ।

५. नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं जिल्ला कमिटी तेस्रो बैठक बस्ने ।
स्थान :- ड्रिम हाउस, जोरपाटी ।
समय :- १३:०० बजे ।

६. उच्च अदालत बार एशोसिएशन पाटनले नयाँ वर्ष २०७९ सालको उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा क्यालेण्डर सार्वजनिकरण कार्यक्रम गर्ने ।
स्थान :- उच्च अदालत बार एशोसिएशन पाटनको सभाहल ।
समय :- १३:०० बजे ।

७. सर्वोच्च अदालत बार एशोसिएशनले नव वर्ष २०७९ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने ।
स्थान :- सर्वोच्च अदालत बार एशोसिएशन, नेपाल बार भवन, रामशाहपथ ।
समय :- १३:३० बजे ।

८. नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने ।
स्थान :- केन्द्रीय कार्यालय, वीपी स्मृति भवन सानेपा, ललितपुर ।
समय :- १४:०० बजे ।

९. पुप्पकमल दाहाल (प्रचण्ड), माधव कुमार नेपाल, बाबुराम भट्टराई लगायतका नेताहरूको उपस्थितिमा काठमाण्डौ उपत्यका पूर्वी भेगको एकीकृत विकासका सम्भावना एवम् वातावरण मैत्री हरित शहर निर्माण विषयक खुला छलफल समारोह हुने ।
स्थान :- बौद्ध पाटीटार, नमुना पार्क ।
समय :- १४:०० बजे ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार ०९:३७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।