Logo

प्रमुख समाचार

लुक्ला पुग्नै लाग्दा समिट एअरको इन्जिनमा समस्या आएपछि काठमाण्डौ फर्काएर अवतरण



काठमाडौं । काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एअरको जहाजको एउटा इन्जिन फेल भएपछि काठमाडौंमा सुरक्षित अवतरण गराइएको छ ।

आज आइतवार बिहान ११ बजेर ५ मिनेटमा चालक दलका सदस्यसहित १८ जना बोकेर उडेको जहाजको लुक्ला पुग्ने बेलामा बायाँ इन्जिनले काम गर्न छाडेको थियो । त्यसपछि पाइलटले दायाँ इन्जिनको भरमा जहाज फर्काएका थिए । लुक्लामा आकस्मिक अवतरणका लागि पूर्वाधार र सामग्री नभएकाले बिहान पौने १२ बजे काठमाडौंमा अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दियाे ।

सम्भावित दुर्घटना रोक्नका लागि काठमाडौंमा दमकल, एम्बुलेन्सलगायत अत्यावश्यक सबै उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको थियो । जसका कारण १५ मिनेट विमानस्थलका अरू जहाज उडान अवतरण रोकिएको थियो ।  

जहाजमा १५ जना यात्रु र र तीन जना चालक दलका सदस्य रहेकामा १० जना विदेशी यात्रु थिए । अहिले विमानस्थल सामान्य तरिकाले चलिरहेको र अनुसन्धान सुरु भएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आईतवार १५:२५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।