भारतीय जनता पार्टीका एक नेताको हत्या भएको छ। कश्मीरको पुलवामा जिल्लामा भाजपा पार्षद राकेश पण्डितको गोली प्रहरीबाट हत्या भएको बिबिसीले उल्लेख गरेको छ।
चरमपन्थी समूहका तीन व्यक्तिले पण्डितमाथि गोली प्रहार गरेको समाचारमा उल्लेख छ।
यो घटना पुलवामा जिल्लाको त्राल पायीन क्षेत्रमा भएको हो । गोली लागेलगत्तै घाइते भएका नेता पण्डितलाई अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषणा गरे ।
सुरक्षा गार्डबिनै आफ्ना साथीलाई भेट्न गएका बेला नेता पण्डितमाथि आक्रमण भएको हो ।




















प्रतिक्रिया