Logo

विविध

मंगलबार कहाँ कहाँ छ पानी पर्ने सम्भावना ?



काठमाडौं । मंगलबार देशका विभिन्न भागमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार प्रदेश–१, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका पहाडी  भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल नेपालमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार ०६:३३   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।