Logo

स्वास्थ्य

सिमकोट र नाम्खा गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग 



सिमकोट : शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको आधार नेपालले जिल्लाका दुई स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना कहरमा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन सिमकोट र नाम्खा गाउँपालिकालाई सहयोग गरेको संस्थाका संयोजक कञ्जोक लामाले जानकारी दिएका छन् ।    

संयोजक लामाले सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा र नाम्खा गाँपालिकाका अध्यक्ष विष्णुबहादुर लामालाई थर्मलगन, १५० थान केएन ९५ मास्क, पाँच जहार थान सर्जिकल मास्क, १२ बोत्तल सेनिटाइजर, १०० सर्जिकल ग्लोब्स, ५७६ पिस हेन्ड वासिङ, ३० थान फेससिल्ड, २० बोत्तल लिक्वीट सप हस्तान्तरण गरिएको छ । सामग्री बुझ्दै सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले संस्थालाई धन्यवाद दिएका छन् ।

हस्तान्तरित स्वास्थ्य सामग्रीले कोरोना कहरसँग लड्न थप बल पुग्ने भन्दै अध्यक्ष लामाले कोरोना विरुद्धको लडाइमा सबै एक हुनुपर्नेमा जोड दिएका छन् । 

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १२:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।