Logo

विविध

प्रदेश १ का केही स्थानमा मेघगर्जनसिहत वर्षा



काठमाडौं । अहिले प्रदेश १ का केही स्थानमा मेघगर्जनसिहत वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात ‘असानी’ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको विभागले जनाएको छ ।

बुधबार दिउँसो  प्रदेश १ र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको भनाइ छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार ०६:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।