Logo

स्वास्थ्य

नेपालमा कोरोनाबाट कूल मृत्यु संख्या ८ हजार नाघ्यो



काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ सय ८ जनाको मृत्यु भएसँगै कूल मृतक संख्या ८ हजार ९८ पुगेको हो ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न भागमा थप १ सय ८ जनाको कोरोना संक्रमणका निधन भएको छ । यस्तै आज देशभर २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५७० जनाले कोरोना जितेका छन् । 

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १७:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।