Logo

खेलकुद

यू–२० साफको तालिका सार्वजनिक, नेपालले उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्ने



काठमाडौँ । यू–२० पुरुष साफ च्याम्पियनसिपको तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले ९ देखि २० साउनसम्म भारतमा आयोजना हुने प्रतियोगिताकोको मिति र तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार नेपालले उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्नेछ । खेल ९ गते हुनेछ । प्रतियोतिगाको सबै खेल भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने साफले जनाएको छ ।

यस्तै नेपालले दोस्रो खेलमा ११ गते श्रीलंकाको सामना गर्नेछ । यस्तै १४ गते भारत र १७ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

यस्तै फाइलन खेल २० गते हुनेछ । सिंगल राउण्ड रोविनको आधारमा हुने तालिकाको शीर्षस्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार १७:१२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।