Logo

खेलकुद

विश्वकप लिग-२ : नेपालले पहिलो खेल ११ जुलाईमा नामिबियासँग खेल्ने  



काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा हुने तय भएको त्रिकोणात्मक एकदिवसीय शृ‌खलाको खेल तालिका सार्वजनिक भएको छ । 

आईसीसीले नेपाल, स्कटल्यान्ड र नामिबियाबीच हुने त्रिकोणात्मक शृंखला जुलाईमा गर्ने पक्का गरेको हो । तालिकाअनुसार नेपालले पहिलो खेल ११ जुलाईमा नामिबियासँग खेल्नेछ । दोस्रो खेल स्कटल्यान्डविरुद्ध १३ जुलाईमा हुनेछ । 

यस्तै तेस्रो खेल १६ जुलाईमा  नामिबियाविरुद्ध खेल्दा १७ जुलाईमा स्कटल्यान्डविरुद्ध खेल्ने तालिका छ । हाल नेपाली टिम लिग २ अन्तर्गत शृंखलाको लाग अमेरिका भ्रमणमा छ । जहाँ नेपालले आयोजक अमेरिकासँगै ओमानसँग खेल्नेछ । 

लिग टु को अंक तालिकामा १२ खेल खेलेको नेपाल छैटौं स्थानमा छ । नेपालले ६ जित र ६ खेलमा हार व्यहोरेको छ ।  

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार १४:०२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।