Logo

खेलकुद

कैदीबन्दीका लागि फुटबल कार्यक्रम



काठमाडौं । केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीको पुनर्स्थापनाका लागि फुटबलसम्बन्धी कार्यक्रम आयोजना हुने भएको छ ।  

अखिल नेपाल फुटबल संघ (एन्फा) र एसियाली फुटबल महासंघ (एएफसी) सँग समन्वयन गर्दै सेल्टर आश्रय नेपालले कैदीबन्दीका लागि फुटबल कार्यक्रम ल्याएको हो । 

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा पत्रकार सम्मेलन गर्दै ‘प्रिजन फुटबल, रिहाबिलिटेसन थ्रु फुटबल प्रोग्राम’ नामक कार्यक्रम सार्वजनिक गरिएको हो । आश्रय नेपालकी अध्यक्ष खुश्बु ओली र एन्फाका महासचिव इन्द्रमान तुलाधरले सम्झौता पत्र आदान–प्रदान गरे ।

आयोजकले कैदीबन्दीहरूको मानसिक स्वास्थ्यमा सहयोगकको साथै आत्मविश्वास जगाउने उद्देश्यले खेलाडी, प्रशिक्षक र रेफ्री प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । कार्यक्रम आगामी ५ जुनबाट सुरु हुनेछ । एक वर्षभित्र दुई चरणमा कार्यक्रम सञ्चालन हुनेछ । 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार १७:१४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।