काठमाडौं । इटालीलाई हराउँदै अर्जेन्टिना युरोकप विजेता र कोपा अमेरिका विजेताबीचको विजेता बनेको छ ।
बेलायतको लण्डनमा भर्खरै सम्पन्न ‘ग्राण्ड फाइनल’मा युरोपियन च्याम्पियन इटालीमाथि ३–० को सहज जित निकाल्दै दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले उपाधि जितेको हो ।
अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेज, एंगेल डि मारिया र पाउलो डिबालाले एक–एक गरे ।
कप्तान लियोनल मेसी दुई गोलका लागि सहगोगी बने । उनले गोलका धेरै प्रयास गरेका थिए । तर, इटालियन गोलकिपर गियानलुइजी डोनारुमा बाधक बनेका थिए ।




















प्रतिक्रिया