Logo

स्वास्थ्य

नेपालमा फेरि कोरोनाको नयाँ  भेरियन्ट भेटियो



काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट पत्ता लागेको छ । देशका विभिन्न ठाउँबाट संकलित ४८ वटा नमुना परीक्षणका लागि नयाँ दिल्लीमा पठाइएको थियो । जसमा ४७ वटामा डेल्टा भेरियन्ट र एउटामा अल्फा भेरियन्ट पुष्टि भएको हो ।

त्यसैगरी ४७ वटा डेल्टा भेरियन्टमध्ये ९ वटामा थप उत्परिवर्तन K417 N भेरियन्ट पुष्टि भएको हो ।

AY1 (ए वाई वान) नाम दिइएको उक्त भेरियन्ट हालसम्म नेपालसहित १० भन्दा बढी राष्ट्रमा देखा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा अल्फा, डेल्टासहित नयाँ कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । यी भेरियन्टहरु बढी संक्रमक तथा सबै उमेर समूहलाई नै असर गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १५:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।