Logo

अन्तर्राष्ट्रिय

हार्दिक पटेल अब ‘मोदीको सिपाही’, आजै भाजपा प्रवेश गर्दै 



एजेन्सी/नयाँ दिल्ली । गत साता कांग्रेस परित्याग गरेका हार्दिक पटेल भारतीय जनता पार्टी (भाजपा) प्रवेश गर्ने भएका छन् । पटेलले बिहीबार बिहान ट्वीट गर्दै आफू ‘नयाँ अध्याय सुरु गर्न’ लागेको र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा ‘सानो सिपाही’ को रूपमा काम गर्ने बताएका छन् । 

२८ वर्षीय पटेलले प्रधानमन्त्री मोदीको प्रशंसासमेत गरेका छन् । ‘म राष्ट्रिय, क्षेत्रीय र सामाजिक हितको भावनाकासाथ नयाँ अध्याय सुरु गर्न लागेको छु । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा राष्ट्रिय सेवाको बृहत् कार्यमा म सानो सिपाहीको रूपमा काम गर्नेछु’, उनले भने ।

सन् २०१५ को पटिदार आन्दोलनपछि चर्चामा आएका पटेल सन् २०१९ मा कंग्रेस प्रवेश गरेका थिए । लगत्तै उनी कंग्रेस गुजरात प्रदेशको कार्यवाहक अध्यक्ष बनेका थिए । उनी भाजपाको खरो आलोचकसमेत थिए । गत महिना उनले कंग्रेस नेतृ सोनिया गान्धीलाई पार्टीबाट राजीनामा दिएको पत्र बुझाएका थिए । 

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहीबार १२:१४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।